logo-img

तराईमा आज पनि हुस्सु र कुहिरो, पहाडी भू–भागमा हिमपातको सम्भावना

बुधबार पनि देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदलीय रही तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । 

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

त्यस्तै, बेलुका पहाडी क्षेत्रमा केही बदली भए पनि साधारणत देशभरको मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । तराईमा भने चिसोका कारण जनजीवन कष्टकर बनेको छ । 

हुस्सु र कुहिरोले यातायातका साधन निर्वाधरूपले चल्न सकेका छैनन् । साथै, सर्वसाधारणलाई दैनिकी चलाउनसमेत हम्मे परेको छ । महाशाखाले चिसोबाट बच्न सतर्क रहन अनुरोध गरेको छ । 
 





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया