logo-img

बाँदरको आतंक रोक्न पोखरामा ‘मेरो रुख म काट्छु’ अभियान

पोखरा महानगरपालिकाको एक वडामा बाँदरले समस्या दिन थालेपछि रुख काट्न थालिएको छ । पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर आतङ्कबाट जोगिन ‘मेरो रुख म काट्छु’ अभियान सुरु नै गरेका छन् ।  

पोखरा महानगरपालिकाको लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित रहेको हुँदा त्यसबाट बच्नका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बाँदर नियन्त्रणसम्बन्धी नीति पास गरेको भन्दै वडाध्यक्ष पाण्डेले सूचना जारी गर्दै ‘मेरो रुख म काट्छु’ अभियान सुरु गरिएको बताएका छन् ।

वडाअध्यक्ष पाण्डेद्वारा जारी सूचनामा आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुख कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउन अनुरोध गरिएको छ ।    





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ११:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया