logo-img

यु–१९ विश्वकप सुपर सिक्समा भारतसँग न्युजिल्याण्ड २१४ रनको फराकिलो अन्तरले पराजित

विश्वकप क्रिकेटको सुपर सिक्समा भारतसँग न्युजिल्याण्ड फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई २९६ रनको विशाल लक्ष्य दिएको थियो । 

न्युजिल्याण्ड जम्मा ८१ रनमा समेटिँदै २१४ रनको फराकिलो अन्तरले पराजित भएको हो । न्युजिल्याण्डलाई सस्तैमा समेट्न भारतका सौमी पाण्डेले ४ विकेट लिँदा राज लिम्बानी र मुसीर खानले दुई–दुई विकेट हात पारे । 

यसैगरी नमन तिवारी र अर्सिन कुलकर्नीले एक–एक विकेट लिए । न्युजिल्याण्डका कप्तान ओस्कार ज्याकसनले सर्वाधिक १९ रन बनाउँदा ज्याक कुमिङले १६ रनको पारि खेलेका थिए । यसैगरी एलेक्स थमम्पसनले १२ रन बनाउँदा जेम्स नेलसनले १० रन जोडे । 



टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९५ रन बनाएको थियो । भारतका मुसीर खानले १३१ रनको शतकीय पारी खेले । यसैगरी आदर्श सिंहले ५२ रनको अर्धशतकीय पारी खेल्दा कप्तान उदय शरणले ३४ रन जोडे । 

त्यस्तै, अर्भाले अनिसले १७, सचिन दासले १५, प्रियान्सु मोलियाले १० रन बनाए । न्युजिल्याण्डका मेसन कलार्कले ४ विकेट लिए । 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार २२:५६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया