logo-img

बागमतीसहित केही प्रदेशमा वर्षा, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना
फाइल तस्बिर

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ । 

देशका केही ठाउँमा भने हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमस्तरसम्मको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

दिउँसो भने देशभर साधारणतया बदली रहने र कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, बागमती प्रदेशको थोरै स्थान तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   
 





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया