logo-img

आजको मौसम पूर्वानुमान : वर्षासँगै हिमपातको सम्भावना
फाइल तस्बिर

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । 

अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।  

आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानका साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागको एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । 

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया