आगामी फिफा विश्वकपको फाइनल खेल अमेरिकाको न्यू जर्सीमा हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेल तालिका सार्वजनिक गर्दै विश्वकप २०२६ को फाइनल खेल मेट लाइफ स्टेडियममा १९ जुलाईमा हुने जनाएको हो ।
फिफाले ४८ राष्ट्र सहभागी हुने सबै खेलको तालिका सार्वजनिक गरेको छ । मेक्सिको सिटीस्थित एज्टेका स्टेडियमले उद्घाटन खेलको आयोजना गर्नेछ । ३२ बाट ४८ देशमा पुर्याइएको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुतरूपमा आयोजना गर्दै छन् । मेक्सिको तीन विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र हुनेछ ।
उसले यसअघि १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो । अमेरिकाले १९९४ को विश्वकप आयोजना गर्दा क्यानडाको भने पहिलोपटक विश्वकप आयोजना गर्न लागेको हो । अमेरिकाले आफ्नो पहिलो खेल १२ जुनमा लस एन्जलसमा खेल्नेछ ।
क्यानडाले १२ जुनमा टरन्टोमा खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । मेक्सिकोले ११ जुनमा खेल्नेछ । विश्वकप आयोजक राष्ट्रले समूह चरणका सबै खेल घरेलु मैदानमा नै खेल्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।