logo-img

टेरामक्स खरिद प्रकरणमा मेरो कुनै प्रतिक्रिया छैन, म फरार भएको छैन : पूर्वमन्त्री कार्की

नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको स्पष्ट पारेका छन् । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले आफू फरार रहेको विषयमा सत्यता नरहेको बताए ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका उनले टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा उनको नाम जोडिएको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा आफू मिडियामा कुरा आएजस्तो फरार नभएको बताए ।
 
उनले टेरामक्स खरिदमा भ्रष्टाचार भएको विषयमा आफूले अरू केही नबोल्ने भन्दै  स्वस्थ पत्रकारिता गर्न पत्रकारलाई सुझाए । ‘मेरो यसमा कुनै प्रतिक्रिया छैन । अफवाहको भरमा नलागी तपाईंहरूलाई पनि स्वस्थ पत्रकारिता गर्न आग्रह गर्छु ।’

टेरामक्स खरिदमा तपाईंको नाम किन जोडिएर अफवाह किन आयो भन्ने सञ्चरकर्मीको प्रश्नमा पूर्वमन्त्री कार्कीले भने, ‘जानुस् तपाईंहरू अनुसन्धान गर्नुस् ।’

पूर्वसञ्चारमन्त्री कार्कीको नाम जोडिएको टेरामक्स खरिद प्रक्ररणमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया