प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि त्रिभुवन विश्वविद्यालयले जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा स्वर्ण १८, रजत ८, काँस्य ३ गरी २९ पदक प्राप्त गरी त्रिभुवन विश्वविद्यालय प्रथम भएको हो ।
यस्तै, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्वर्ण ३, रजत ४, काँस्य ९ गरी १६ पदक प्राप्त गरी दोस्रो भएको छ भने तेस्रो स्थान लुम्बिनी बौद्ध विश्वविद्यालयले हासिल गरेको छ । लुम्बिनीले १ स्वर्ण, २ रजत र २ काँस्य गरी ५ पदक प्राप्त गरेको छ ।
१० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी प्रतियोगितामा एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान ५–५ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा प्रतियोगिता भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।