logo-img

विवाहको १२ वर्षपछि अलग भए इशा-भरत

बलिउड अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी जेठी छोरी इशा देओलको व्यक्तिगत जीवन एक महिनायता चर्चाको विषय बनेको छ । इशाको १२ बर्से वैवाहिक जीवन टुंगिने चर्चा परिचर्चा भइरहँदा उक्त चर्चाले आधिकारिकता पाएको छ ।  

मंगलबार इशा र उनका पति भरत तख्तानीले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै आपसी सहमतिमा वैवाहिक जीवन टुंग्याएको बताएका छन् । 

‘हामी आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौँ । हाम्रो जीवनमा यो परिवर्तनको माध्यमले हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्वपूर्ण छ र हुनेछ । हामी यो कुराको सराहना गर्नेछौँ कि हाम्रो गोपनीयताको सम्मान गरिनेछ’, विज्ञप्तिमा भनिएको छ । 

इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । यो जोडीको दुई छोरी राध्या र मियारा छन् । राध्या सन् २०१७ मा र मियारा सन् २०१९ मा जन्मिएका हुन् ।

इशा पछिल्लो केही समय यता अभिनयबाट टाढा छिन् । यद्यपि उनले लामो समयपछि ओटिटीमार्फत कमव्याक गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘एक दुआ’ले ६९ औं नेशनल अवार्डमा फिचर विधामा स्पेशल मेन्सन अवार्ड पाएको थियो ।
 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया