पाकिस्तानमा आम निर्वाचनका लागि मतदान जारी

पाकिस्तानमा नयाँ सरकार गठन गर्ने संसदको तल्लो सदनका लागि चार प्रान्तीय सभाको निर्वाचन अन्तर्गत मतदान जारी छ । आम निर्वाचनका लागि स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेदखि मतदान भइरहेको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।

कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ । 

निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरू भई बेलुका ५ बजेसम्म  निर्वाधरुपमा जारी रहने बताए । संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ । 

आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कूल जनसङ्ख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन् । उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगन भएको आयोगले जनाएको छ ।
 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १३:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया