धमाधम सिओई रद्द गर्दै अस्ट्रेलियाका विश्वविद्यालय

अस्ट्रेलियाका विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना पुष्टिकरण (सिओई) धमाधम रद्द गर्न थालेका छन् । ओलोङगोङसहित त्यहाँका केही विश्वविद्यालयले नयाँ भिसा मापदण्ड पूरा गर्न नसक्ने विद्यार्थीका लागि सिओई फिर्ता लिन थालेका हुन् । यो अभ्यास ल्याट्रब विश्वविद्यालयले पनि अवलम्बन गरिरहेको छ ।

यसैगरी अर्को एक पश्चिमी विश्वविद्यालयले पनि सिओई फिर्ताको काम छिट्टै अगाडि बढाउने प्रक्रियामा रहेको छ । यसरी विश्वविद्यालयले विद्यार्थीको सिआई धमाधम रद्द गर्न थालेपछि विद्यार्थी र शैक्षिक परामर्श संस्थालाई अन्योलमा पारेका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थी छनोटको नियम परिमार्जनले अधिकांश भिसा अस्विकार भइरहेका छन् । विश्वविद्यालयले पनि भिसा अस्वीकृत उल्लेखनीयरूपमा वृद्धि भएको देखिरहेका छन् । केही विश्वविद्यालयले भिसा प्रक्रियाको भ्रमलाई हाइलाइट गर्दै नियममा देखिएको परिवर्तनले भिसा अस्वीकृतमा वृद्धि भएको अनुभव गरेका छन् ।

एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रेजेन्टेटिभ्स इन इण्डिया (आइरी) का अध्यक्ष निशी बोराले भिसा प्रक्रियामा विद्यार्थीको भविष्य र निष्पक्षतालाई प्राथमिकता दिनु पर्नेमा जोड दिन्छिन् ।

जालसाजी वा भ्रामक जानकारीका कारण सिओई रद्द गर्ने विश्वविद्यालयको कदमलाई स्वीकार गर्दा विद्यार्थीको पढ्ने अधिकार र शिक्षा एजेन्टको प्रतिष्ठालाई जोखिममा पारेको बोराको भनाइ छ ।

यस अनिश्चितताको बीचमा भिसा परिदृश्यको स्पष्ट रोडम्याप तयार गर्न विश्वविद्यालयबीच नै द्वन्द्व सुरु भएको छ । सरोकारवालाले सरकारलाई भिसा सुस्त हुने र अस्वीकृति दरहरू बढाउनेलाई अवलोकन गर्नुको सट्टा विद्यार्थी संख्या नियमन गर्न खोजेमा पारदर्शी उपाय अपनाउन आग्रह गरिरहेका छन् ।



अन्तर्राष्ट्रिय शिक्षा अस्ट्रेलियाको लागि एक महत्वपूर्ण पाटो हो । अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यका लागि अस्ट्रेलिया चौथो राष्ट्र हो । अन्तर्राष्ट्रिय विद्यार्थी र अर्थव्यवस्था दुवैको फाइदाको लागि सकारात्मकरूपमा समाधान गर्न अस्ट्रेलिया सरकारले जोड दिनुपर्छ ।



  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १७:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया