गाजामा इजरायली आक्रमण : मृतक प्यालेस्टाइनीको संख्या २८ हजार नजिक

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै  मन्त्रालयले गत वर्ष अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टाइनीहरू घाइते भएको बताएको छ ।

इजरायली सेनाको आक्रमणबाट विगत २४ घण्टामा १०७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने र १४२ अन्य घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि पुरिएको बताइएको छ । 

यसै बीच प्यालेस्टिनी सुरक्षा स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले गाजा शहरका अल-रिमाल, अल-साबरा, अल-जायटौन, ताल अल-हवा र शेख अजलिन लगायतका धेरै घरहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेका छन् ।

स्रोत सिन्ह्वालाई बताए अनुसार इजरायलको हवाई र आर्टिलरी बमबारी र ती क्षेत्रमा चल्ने सबै चीजहरूमा ड्रोन आक्रमणका कारण एम्बुलेन्सहरू लक्षित स्थानमा पुग्न सकेका छैनन् ।

यसैबीच, दक्षिणी गाजान शहर रफाहमा दुईवटा घरलाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा ८ प्यालेस्टाइनीको मृत्यु भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।



प्यारामेडिक्सका अनुसार दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा इजरायलले चलाएको तोप गोलाबारीको कारण स्थिति तनावग्रस्त बनेको छ ।
साथै, मध्य गाजाको देइर अल-बालाह शहरमा इजरायली विमानले बमबारी गर्दा थुप्रै प्यालेस्टिनीहरू मारिएका छन्  भने केही घाइते भएका छन् । 



  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार २२:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया