युक्रेनमा रुसलाई हराउन असम्भव : पुटिन
फाइल तस्बिर

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताएका छन् । अमेरिकी टेलिभिजनका लागि अन्तर्वार्ता कार्यक्रमका प्रस्तोता टकर काल्र्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । 

सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रशारण गरेको पुटिनको यो पहिलो अन्तर्वार्ता हो । अन्तवार्तामा पुटिनले रुसलाई पश्चिमी विश्वासघातको सिकारको रूपमा चित्रण गर्दै सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरे । 

अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरे पनि रुस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको उनले दाबी गरे । ‘अहिलेसम्म युद्धभूमिमा रुसलाई रणनीतिक हार बेहोर्ने विषयमा होहल्ला र चिच्याहट भइरहेको छ । तर, अब तिनीहरूले यो सम्भव छैन भनेर महसुस गर्न थालेका छन् । मेरो विचारमा यो असम्भव छ,’ पुटिनले भने ।  

ट्रम्पको पक्षमा रहेका रिपब्लिकनले युक्रेनलाई हतियार र अन्य सैन्य सहायताको साथ समर्थन गर्न हिचकिचाइरहेको अमेरिकी संसद्को सन्देशले पनि रुसविरुद्धको पश्चिमा सहकार्य कमजोर भएको पुष्टि हुने उनले बताए । 





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार २२:४०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया