गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार नाघ्यो

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

मन्त्रालयले जनाएअनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने १ सय ५२ जना घाइते भएका छन् । 

योसँगै गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको कुल संख्या २८ हजार ६४ पुगेको छ भने घाइतेको संख्या ६७ हजार ६११ पुगेको छ । 

इजरायली सेनाले गाजाको दक्षिणी भागमा रहेको रफाह सहरमा शुक्रबार रातिदेखि  हवाई आक्रमण गरेको छ  जसमा कम्तीमा २८ जनाको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले उल्लेख गरेको छ ।

शुक्रबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनालाई रफाहमा हमास ब्रिगेडका बाँकी रहेकाहरूलाई हटाउनको लागि भूमिगत अपरेशनको योजना तयार गर्न निर्देशन दिएका थिए । 





  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार २२:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया