logo-img

क्यानडाविरुद्ध नेपाललाई पहिलो झड्का, कुशल भुर्तेल १३ रनमा आउट
फाइल तस्बिर

एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा पाहुना टोली क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । 

उनी ४.५ ओभरमा डिलन हेलिगरको बलमा व्यक्तिगत १३ रनमा बोल्ड भए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो ।

उसका लागि ओपनर नवनीत धालिवालले ८२ बलमा ५ चौकासहित सर्वाधिक ५० रन बनाए । यस्तै, निखिल दत्तले ४५, हर्ष ठाकरले २९, श्रेयस मोव्वाले २५, कप्तान सादन बिन जाफरले अविजित ३१, श्रीमन्थ विजेरत्नेले २२ रन जोडे । नेपालका लागि आज डेब्यू गरेका हेमन्त धामीले ८ ओभरमा ५० रन दिएर सर्वाधिक तीन विकेट लिए । 

यस्तै, कुशल मल्लले दुई/दुई, आकाश चन्द तथा ललितनारायण राजवंशीले एक/एक विकेट हात पारे । सिरिज नेपालले जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः ७ रन तथा ४ विकेटले जितेको थियो ।

नेपाल आज तेस्रो खेलमा पनि जित हात पार्दै सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । यता पाहुना टोली क्यानडा भने अन्तिम खेलमा जित निकालेर नेपाल भ्रमणको सुखद अन्त्य गर्ने सोचमा छ ।     





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया