एक वर्षमा ५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकी नागरिकता

सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी  अमेरिकी नागरिकता लिएका छन् । यो संख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठूलो संख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससिआइएस)द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ ।

रिपोर्ट अनुसार गत आर्थिक वर्षमा करिब ८.७ लाख विदेशीले अमेरिकी नागरिकता लिएका थिए । योमध्ये नयाँ नागरिकहरूको कुल संख्याको १२.७ प्रतिशत अर्थात् एक लाख १० हजार मेक्सिकोका र ६.७ प्रतिशत अर्थात् ५९ हजार १६७ भारतीयहरूले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

रिपोर्टका अनुसार नयाँ अमेरिकी नागरिकमध्ये ५.१ प्रतिशत अर्थात् ४४ हजार ८०० फिलिपिन्स र चार प्रतिशत अर्थात् ३५ हजार २०० डोमिनिक गणतन्त्रका थिए ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुन आवेदकले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनअनुसार निर्धारित योग्यता तथा आवश्यकताहरू पूरा गर्नुपर्दछ । 

अमेरिकी नागरिकता प्राप्त गर्न सामान्यतया कम्तीमा कानुनी रूपमा पाँच वर्ष स्थायी बसोबास गरेको हुनुपर्छ भने विशेष प्रावधानको व्यवस्थाले अमेरिकी नागरिकका पति-पत्नीहरू र सैन्य सेवाका आवेदकलाई सामान्य आवश्यकताहरूबाट छुट दिने युएससिआइएस रिपोर्टले जनाएको छ । 

गत आर्थिक वर्षमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकांश व्यक्तिहरू आइएनए धारा ३१६ (क) अर्थात् कम्तीमा पाँच वर्ष बसोवास गरेको आधारमा नागरिकता प्राप्त गर्नका लागि योग्य ठहरेका थिए भने आइएनए धारा ३१९ (क) अर्थात् अमेरिकी नागरिकसँग बिहे गरेको आवेदकहरूले कम्तीमा तीन वर्षमा नागरिकताका लागि योग्य मानिएका थिए । 



गत आर्थिक वर्षमा स्थायी नागरिक भएका सबै नागरिकहरूले सात वर्ष एलपिआरका रूपमा बिताएका थिए । 

यसबाहेक, अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससिआइएस)अन्तर्गत आर्थिक वर्ष २०२२/०२३ मा स्थायी नागरिकता लिनेको संख्यामा अघिल्लो दशकको लगभग एक चौथाई भाग छ ।



  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार १९:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया