logo-img

वाफ च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा, क–कसले पाए मौका ?
फाइल तस्बिर

वाफ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिमको घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले पहिलोपटक सबिना चौधरी, सरस्वती हमाल र चन्द्र भण्डारीलाई मौका दिँदै टिम घोषणा गरेका हुन् ।

नेपाली टिमको गोलकिपरमा कप्तान एन्जिला तुम्बाप्पो, अञ्जना राना मगर र उषा नाथ रहेका छन् । यस्तै, डिफेन्स लाइन गीता राना, अमृता जैशी, हीराकुमारी भुजेल, विमला बीके, निशा थोकर, पूजा राना र समीक्षा घिमिरेले सम्हाल्नेछन् । 

मिडफिल्डमा अनिता बस्नेत, प्रिति राई, दीपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी र सरस्वती हुनेछन् । अग्रपंतिमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ र सबिता रानामगर रहनेछन् । 

पश्चिम एसियाली फुटबल संघ (वाफ) ले आयोजना गर्ने प्रतियोगितामा नेपाल आमन्त्रित टोलीका रूपमा सहभागी हुन लागेको हो । ८ टोली सहभागी रहने च्याम्पियनसिपमा नेपाल प्यालेस्टाइन, सिरिया र इराकसँगको समूह ‘बी’ मा छ ।

नेपालले पहिलो खेलमा २० फेब्रुअरीमा सिरियासँग खेल्ने तालिका छ । प्रतियोगिता साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ । 





  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार ७:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया