गर्भवतीको चर्चाबीच विदेशमा उपचार गराउँदै अनुष्का शर्मा

बलिउड अभिनेत्री अनुष्का शर्मा गर्भवती रहेको विषयलाई लिएर विभिन्न अड्कलबाजी जारी छ । पहिलो सन्तान जन्मिएको लामो समयपछि अनुष्का गर्भवती भएको केही दिनयता समाचार आइरहेका छन् । 

यद्यपि, उनका क्रिकेटर श्रीमान् विराट कोहली र अनुष्का स्वयंले यो विषयमा आधिकारिक जानकारी दिएका छैनन् । केही दिनअघि क्रिकेटर डिभिलिअर्सले अभिनेत्री अनुष्का गर्भवती रहेको भन्दै एक भिडियो सामाजिक सञ्जालमा राखेका थिए । उनले कोहलीले परिवारसँग समय बिताउनका लागि टिमबाट बिदा लिएको दाबी गरेका थिए ।

यद्यपि, केही समयपछि उनले आफ्नो भनाइलाई फिर्ता लिँदै माफी मागेका थिए । तर, अहिले आएको एक खबरलाई आधार मान्ने हो भने डिविअलर्सको भनाईलाई सही मान्न सकिन्छ ।

समाचारअनुसार अनुष्काको गर्भावस्थामा केही समस्या देखिएको छ । खेल पत्रकार अभिषेक त्रिपाठीले ट्विटरमा एक ट्विट गर्दै अनुष्काको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । ‘चार कुरा । पहिलोः जो डिभिलियर्सले भनेका थिए, त्यो कुरा सही हो । दोस्रोः केही स्वास्थ्य समस्याका कारण विराटले अनुष्कालाई विदेशमा रहेका डाक्टरलाई देखाउने र परिवारका साथ केही समयका लागि उतै बस्ने निर्णय लिएका छन् । तेस्रोः उनले बीसीसीआईसँग अनुमति लिएर यो समय परिवारका साथ बिताउने निर्णय लिएका छन् । चौथोः हामी उनको सुखद भविष्यको कामना गर्न चाहन्छौं’, त्रिपाठीले ट्विट गरेका छन् ।

यो ट्विटले सामाजिक सञ्जालमा चर्चा पाएको छ । ट्विटरमा अनुष्का र विराटका फ्यानले कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले खेल पत्रकारले अनुष्काको गोपनीयताको ध्यान नदिएको भन्दै रोष व्यक्त गरेका छन् । अन्य प्रयोगकर्ताले भने अनुष्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।

गत ३ फेब्रुअरीमा एबी डिविलिअर्सले युट्युब च्यानलमा विराट दोस्रो सन्तानको पर्खाइमा रहेकाले उनले टेस्ट सिरिजको हिस्सा नबन्ने निर्णय लिएको खुलासा गरेका थिए । ‘हो, उनको दोस्रो बच्चा आउँदैछ । यो परिवारको समय हो र यी कुरा विराटका लागि आवश्यक छन्,’ उनले भनेका छन् ।





  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार ११:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया