चलचित्र ‘मेयर’ को मुहूर्त, शीर्ष भूमिकामा खगेन्द्र लामिछाने

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्म ‘मेयर’को राजधानीमा बुधबार मुहूर्त गरिएको छ । सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर  राजधानीको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । 

फिल्मका कार्यकारी निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल हुन् । ‘केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठिन परिस्थिति, घातप्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिकरूपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा फिल्म केन्द्रित हुनेछ,’ उनले भने ।

फिल्ममा शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहनेछन् भने उनको अपोजिटमा वर्षा राउत छिन् । त्यस्तै अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अविंशा चापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायत कलाकारले पनि फिल्ममा अभिनय गर्नेछन् ।

फिल्मबाट निर्माताको रूपमा बृष्टिमां खनाल र कलाकारको रूपमा अविंशा थापाले डेब्यू गर्दै छन् ।
 





  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार १२:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया