फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर सार्वजनिक

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । आगामी वर्षको १४ वैशाखमा रिलिज हुने फिल्मको पोस्टर फिल्म युनिटले बुधबार सार्वजनिक गरेको हो । 

पोस्टर नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मकरूपमा डिजाइन गरिएको छ ।

नेपाली समाजमा बोक्सीले कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन् भन्ने भनाइ छ । पोस्टर पनि यस्तै शैलीमा डिजाइन गरिएको छ । पोस्टरमा महिलाको अनुहार लुकाएर पछाडिको भाग देखाइएको छ । पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म केकी अधिकारी फिल्मसले निर्माण गरेको हो । फिल्मका निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् । 

फिल्ममा केकीका अलवा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

लोचन रिजालको पार्श्व संगीत रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले यो फिल्म वितरण गर्नेछ ।





  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार १४:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया