भ्यालेन्टाइनमा प्रेमिल ‘रङ्गेली’का दयाहाङ र मिरुना [तस्बिरहरू]

महाशिवरात्रीको छेको पारेर यही फागुन २५ गतेदेखि विश्वव्यापी रिलिज हुने फिल्म ‘रङ्गेली’का प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगरका प्रेमिल तस्वीरहरु फिल्म युनिटले सार्वजनिक गरेको छ । 

फिल्म निर्माण समूहले भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक तस्विरमा दयाहाङ र मिरुनालाई विभिन्न भावमा देख्न सकिन्छ । अर्जुन सुवेदीको लेखन र निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनाका अलावा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको अभिनय छ ।

जितेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता रहेको फिल्ममा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता तथा युव कार्की र शिवशंक चौलागाई सह–निर्माता छन् ।

फिल्ममा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द, सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत, विवेक खड्का (योलो) एशोसियट निर्माता, सुशन प्रजापतिको छायाङ्कन छ । फिल्म नेपालसँगै अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, हङ्कङलगायतका देशमा एकसाथ रिलिज हुनेछ ।





 

  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार १८:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया