logo-img

तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसकारण आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । 

आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । यस्तै, आज बिहान तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।  

सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा देशको बाँकी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ । 
 





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया