logo-img

पहाडमा वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना
फाइल तस्बिर

हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । बुधबार बिहान मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने बाँकी भू-भागमा मौसम आंशिक बदलीको अवस्थामा छ ।   

बिहान गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो मधेस प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ । राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानसहित देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको महाशाखाले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया