वाफ च्याम्पियनसिप : नेपाललाई एक खेलअगावै सेमिफाइनल पुग्ने मौका
फाइल तस्बिर

नेपालले वाफ च्याम्पियनसिपमा आज इराकसँग खेल्दैछ । यदि आज इराकलाई हराउन सके नेपालले एक खेलअगावै सेमिफाइनलको यात्रा गर्नेछ ।  

पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । सो खेलमा नेपाली टिमले १९औँ मिनेटमा नै ३–० को अग्रता बनाएको थियो । नेपाल इराकविरुद्ध पनि सोही लय कायम राख्ने योजनामा हुनेछ । 

यता इराक पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा प्यालेस्टाइनसँग पराजित भएको थियो । इराक आज नेपाललाई हराएर सेमिफाइनल सम्भावना जीवितै राख्न चाहन्छ । नेपाल र इराकको खेल राति पौने ८ बजे किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ ।  

पश्चिम एसियाली फुटबल संघ वाफले गरेको प्रतियोगितामा नेपाल आमन्त्रित टोलीको रूपमा प्रतिस्पर्धा गरिरहेको हो । समूहको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने तालिका छ ।  





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार ८:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया