logo-img

मुलुकको भविष्य कांग्रेससँग जोडिएको छ : शशांक

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले मुलुकको भविष्य कांग्रेससँग जोडिएको भन्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेसका महासमिति सदस्यहरूका लागि शनिबार आफैँले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

महासमिति बै​ठकले कांग्रेसलाई एक ढिक्का भएर अघि बढ्न सन्देश दिएको उनको दाबी छ । महासमितिसँगै उत्साह र उमंग बोकेर जिल्लामा जान र आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाउन उनले कार्यकर्ताहरूलाई निर्देशन दिए । 

सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने बताए । ‘बिपी कोइरालाले आफ्नोा लागिभन्दा देश र जनताका लागि संघर्ष गरेकाले उनको संघर्षलाई कांग्रेसले भुल्ननहुने उनले बताए । 

कार्यक्रममा कांग्रेस सभापति देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्यहरु सहभागी थिए ।





  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया