logo-img

मन्त्रीहरूको राजीनामा माग्दै संसदमा एमालेको नाराबाजी, बैठक स्थगित

नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेपछि स्थगित भएको छ  । एमालेले बालकुमारी घटनाको छानबिन आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिरहेको छ । त्यस्तै तीन मन्त्रीको पनि राजीनामा मागिरहेको छ । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधान मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताए । 

बैठकमा एमाले सांसदहरूले मन्त्रीहरूको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटको लागि स्थगित गरेका छन् ।  





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया