logo-img

बालकुमारी घटना : कानुन र ऊर्जामन्त्रीलाई छानबिन प्रतिवेदन अध्ययनको जिम्मा

सरकारले बालकुमारी घटनामा दुई युवाको ज्यान जानेगरी भएको घटनाको प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई फागुन २० गतेभित्र प्रतिवेदनको अध्ययन गरी सरकारलाई सिफारिस गर्ने जिम्मेवारी दिएको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँझबुझ आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका कारण घटना घटेको उल्लेख छ । 

कोरियन भाषा परीक्षा (इपिएस) फारम भर्ने विषयमा प्रदर्शनमा हुँदा बालकुमारीमा दुईजना युवकको मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया