logo-img

सिंहदरबार र संसद् भवनअगाडि पैदल हिँड्न रोक

मंगलबार लघुवित्तका ऋणीहरूको समूहले नयाँ बानेश्वरको संसद् भवनभित्रै प्रवेश गरेर प्रदर्शन गरेपछि प्रहरीले सिंहदरबार र संघीय संसद् भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न रोक लगाएको छ ।

सिंहदरबारको पर्खालसँगैको फुटपाथ र संघीय संसद् भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । आज बिहानैदेखि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा सर्वसाधरणलाई पैदल हिँड्न रोक लगाएको हो । 

फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्नुपर्ने भएको छ । प्रहरी परिचालन गरेर त्यहाँ सर्वसाधारणलाई हिँड्न रोकिएको छ ।





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया