logo-img

कलाकार 'म्याकुरी'माथि हातपात गरेकाे आराेपमा शर्मिला वाइबा पक्राउ

कलाकार पवन खतिवडा 'म्याकुरी'माथि हातपात गरेकाे आराेपमा आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्।

उनलाई सिन्धुपाल्चोक प्रहरीले बुधबार बाह्रबिसेबाट पक्राउ गरेको हो। वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो।

पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगासँग मिलेर शर्मिलाले केही दिनअघि पवनमाथि हातपात गरेका थिए । आफूलाई घरमै आएर कुटपिट गरेकाे भन्दै पवनले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनीमाथि चोटैचोटसहितकाे अनुहारमा उपस्थित थिए । 

पवनको पत्नी सुम्निमासित विवाद चलिरहेका बेला शर्मिला पनि उनीहरूकाे पारिवारिक झगडामा मिसिएकी हुन् । पक्राउ परेकी शर्मिलामाथि कुटपिट तथा अंगभंग मुद्दामा कारबाही चलाउने प्रहरीकाे तयारी छ । 





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १६:५८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया