logo-img

त्रिपालमुनि मिटरब्याजपीडित, माग पूरा नहुँदासम्म घर नफर्किने अडान [तस्बिरहरू]

पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडित एक सातादेखि काठमाडौंमा धर्नारत छन् । उनीहरू कहिले खाली खुट्टाले पैदल हिँडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन् । 

आफूहरूले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ । दिनभर सडकमा प्रदर्शन गर्ने मिटरब्याज पीडित हिउँदको ठण्डीमा काठमाडौंमा कसरी बसिरहेका छन् भनेर कुनै पनि निकायले चासो लिएको छैन । उनीहरू दिउँसो होस् वा राति भृकुटीमण्डपमा एउटै त्रिपालभित्र चिसो भुइँमा पल्टिएर थकान मेटाइरहेका छन् । 

सरकारले पटकपटक समस्या समाधान गर्ने आश्वासन दिए पनि आफूहरूले न्याय पाउने अवस्था नबनेको उनीहरूको भनाइ छ । यसपटक आफूहरूलाई न्याय सुनिश्चित हुने गरी न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने उनीहरूको बटमलाइन छ ।   

त्रिपालमुनि मिटरब्याजपीडित :






 

  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार ८:४९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया