logo-img

राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका कारण गठबन्धन टुट्दैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन बलियो जगमा उभिएको दाबी गरेका छन् । 

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रिय सभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरे ।

अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको दाबी गर्दै उनले  भने,'राष्ट्रिय सभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दाबी रहे पनि यसमा सहमति जुट्छ ।'

गठबन्धन बलियो जगमा उभिएकाले केही समस्या आए छलफल गरेर सहमतिमा पुगिने उनकाे जिकिर थियाे । 

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका अध्यक्ष नेपालले गठबन्धनभित्र दरार देखिए हल गरिने बताए । 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया