logo-img

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको हो । 

नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा बढाएर पठाएको छ। खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर २१ रुपैयाँ ६६ पैसा बढाएर पठाएको हो।

भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य यथावत् रहने निगमले जनाएको छ। हाल निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोलको भाउ १६९ रुपैयाँ ५० पैसा प्रतिलिटर छ। त्यस्तै, डिजेल र मट्टीतेल १५७ रुपैयाँ ५० पैसा छ।

त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोलको भाउ १७१ रूपैयाँ र डिजेल तथा मट्टीतेल १५९ रूपैयाँ छ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोलको भाउ १७२ रुपैयाँ प्रतिलिटर छ। त्यस्तै डिजेल र मट्टीतेलको १६० रुपैयाँ छ। खाना पकाउने ग्यासको भाउ देशभर १ हजार ९ सय १० रुपैयाँ छ।





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया