युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने पुटिनको चेतावनी
फाइल तस्बिर

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस–युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई साथ दिइरहेमा रुस पनि आणविक हतियार प्रयोग गर्न बाध्य हुने पनि चेतावनी दिएका हुन् ।  

उनले आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मेवारी रुस नहुने पनि कडा शब्दमा चेतावनी दिए । रुस आणविक हतियारले सुसज्जित रहेको भन्दै आफूसँग नखेल्न चेतावनी पनि दिए ।

उनले भने, ‘पश्चिमा देशहरूले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला गरिरहेका छन् ।’ रुसले युरोपमा आक्रमण गर्ने कुनै योजना नबनाएको बताउँदै युक्रेन युद्ध जित्ने योजनामा केन्द्रित भएको बताए ।

पुटिनले राष्ट्रपतीको निर्वाचनको सन्दर्भमा पनि जनतासँग अपिल गरेका थिए । रुसमा मार्च १५–१७ सम्म चुनाव हुँदै छ । उनी नै पुनः ६ वर्षका लागि निर्वाचित हुने पक्का छ । पुटिनले रुस संसारको सबैभन्दा ठूलो आणविक हतियार भएको देश आफ्नो रहेको बताउँदै रणनीतिक स्थायित्वका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको पनि रुसी समाचार एजेन्सी टासले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ८:५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया