नेपालको शानदार बलिङ प्रदर्शन, जितका लागि नेदरल्याण्ड्सले दियो १२१ रनको लक्ष्य

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाउँदै १२० रन बनाएको हो ।

सुरुआतबाटै बलिङमा आफ्नो दबदबा कायम राखेको नेपालका लागि तिब्र गतिका बायाँहाते बलर प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरिले सर्वाधिक ३/३ विकेट लिए । यस्तै, करण केसी, कुशल मल्लले पनि समान २/२ विकेट लिए । 

करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमै नेदरल्याण्ड्सको २ विकेट झारे । उनले पहिलो ओभरको चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए भने अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका थिए । 

नेपालका बलर प्रतिश जिसीले ८औँ ओभरमा दुई विकेट मात्र लिएनन् उनले नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओडाउडलाई बोल्ड आउट गराए । एडवार्डलाई पहिलो बलमै बोल्ड आउट गराएका जिसीले आफ्नो पाँचौ बलमा ३ रन खर्चेर ओडाउडलाई पनि आउट गराए । 

२४ बलको सामाना गरेका ओडाउडले ३१ रन बनाउँदा कप्तान एडवार्डले २१ बलमा १८ रन बनाएका थिए ।  ९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनर कुशल मल्लले नेपाललाई छैटौं सफलता दिलाएका थिए ।

 मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराउँदा छैटौं बलमा आर्यन दत्तलाई आउट गराए । टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरबाटै  नेदरल्याण्ड्सलाई दबाबमा राखेको थियो । 
 





  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार १३:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया