त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको शानदार जित हात पारेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो ।
कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले खराब सुरुवात गरेको थियो । पहिलो ओभरमै दुवै ओपनर गुमाएको उसले १९.३ ओभरमा अल आउट हुँदै १२० रन बनाएको थियो । नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए ।
त्यस्तै, टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
आजको खेलमा जितेसँगै नेपालको फाइनलमा स्थान बनाउने सम्भावना बलियो भएको छ । यद्धपि उसले आइतबार हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।