logo-img

मैले ट्रम्पलाई हराउनु छ : निक्की हेली

यसैवर्ष अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीमा उम्मेदवार छनोटको प्रक्रिया चलिरहेको छ । उता, डेमोक्र्याटबाट वर्तमान राष्ट्रपति जो बाइडन नै उम्मेदवार बन्ने पक्का छ ।

रिपब्लिकन पार्टीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र निक्की हेलीबीच स्पर्धामा  छन् । हेली भन्दा ट्रम्प पार्टीको प्राइमरी इलेक्सनको प्रतिस्पर्धामा धेरै अगाडि छन् । तर पनि हेलीले अझैंसम्म चुनावी अभियानलाई जारी राखेकी छन् । 

यसबीचमा हेलीले रिपब्लिकन पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवार बन्ने चर्चा चलेको थियो । तर, हेलीले यो हल्लालाई खारेज गरेकी छिन् । उनले आफू जहिले पनि रिपब्लिकन पार्टीको कार्यकर्ता भएको र आउँदो चुनावमा निर्दलीय (स्वतन्त्र) उम्मेदवार हुने कुनै सम्भावना नभएको पनि बताइन् ।

वासिङ्टन डिसीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै निक्की हेलीले भनिन्, ‘मैले कहिल्यै स्वतन्त्र उम्मेदवार बन्ने कुरा गरिनँ । म हृदयमा रिपब्लिकन नेता हुँ ।’ 
उनी पार्टीको प्राइमरी इलेक्सनमा अर्का उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा निकै पछाडि परे पनि आफूले हौसला नहारेको उल्लेख गरेकी छन् । प्राइमरी इलेक्सनमा ट्रम्प अगाडि भएपनि हेलीले मैदान नछोड्ने बताइन् । 

‘जब म राष्ट्रपतिको लागि दौडिएकी थिएँ, त्यहाँ १४ जना प्रतिस्पर्धी थिए र मैले १२ जनालाई हराएकी थिएँ । अब मैले अझै एक जनालाई हराउनु छ ।’

रिपब्लिकन उम्मेदवार बन्ने दौडमा ५१ वर्षीय हेलीले पूर्वराष्ट्रपति ७७ वर्षीय डोनाल्ड ट्रम्प सँग प्रतिस्पर्धा गर्दै आएकी छन् तर, उनले अहिलेसम्म एउटा पनि प्राइमरी चुनाव जित्न सकेकी छैनन् ।



पार्टीको आन्तरिक प्रतिस्पर्धामा हेली ट्रम्प भन्दा ६४ अंकले पछाडि छिन् । निक्की हेलीले डोनाल्ड ट्रम्पलाई निशाना बनाएर ट्रम्पको शासनकालको चार वर्ष थप अराजकता सहन नसक्ने बताउँदै आएकी छिन् ।  



  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया