logo-img

राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन, एउटा सुनिन्छ अर्कै हुन्छ : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् । शनिबार नेपाल शिक्षक संघ, जिल्ला समिति ललितपुरको कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् । 

उनले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताए । कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको तर्क थियो । उहाँले राजनीतिको उत्ताचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्न सक्ने बताए । 

उनले भने, ‘मेडिकल गर्दा एभ्रिथिङ इज अण्डर योर कन्ट्रोल । हात छ, सीप छ दिमाग छ । अप्रेसन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ । आँखाको अप्रेसन गर्नुहुन्छ, ७० वटा जति आइक्याम्प गरेँ, लाखौँको अप्रेसन गरेँ रिजल्ट राम्रै भयो । तर राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्नो नियन्त्रणमा हुँदैन । तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’

नेता कोइरालाले आफूले उत्पादन गरेका डाक्टरहरू अहिले पैसा पाएपछि मात्रै अप्रेसन गर्ने गरेको र विवेक नभएका डाक्टर आफूले उत्पादन गरेको भन्दै पश्चताप गरे ।  





  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया