साफ यू–१६ वुमेन्स च्याम्पिनयसिप : नेपाल बंगलादेशसँग पराजित

साफ यू–१६ वुमेन्स च्याम्पिनयसिप २०२४ मा नेपाल बंगलादेशसँग पराजित भएको छ । शनिबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । 

शौरभी प्रीतिको दुई गोलको मद्दतमा बंगलादेश विजयी भएको हो । २५औं मिनेटमा शौरभीको गोलले अग्रता लिएको थियो । 

साथी मुन्डाको सटिक पासमा शौरभीले सजिलै गोल गरिन् । उनले नै ३१ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरिन् । 

नेपाली गोलरक्षक झरना डुम्राकोटीले अल्पी अख्तरलाई अनावश्यक रूपमा लडाएपछि बंगलादेशलाई पेनाल्टीको अवसर मिलेको थियो ।

पूर्णतः बंगलादेशको पकडमा रह्यो । दुवै गोल पहिलो हाफमा भएका थिए । दोस्रो हाफमा भने बंगलादेश कुनै गोल थप्न सकेन । 

यो जितसँगै बंगलादेशले भारतसमान तीन अंकका साथ शीर्षमा दुईमा स्थान बनाएको छ । 





  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार १८:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया