logo-img

साफ यू-१६ मा पहिलो जितको खोजीमा नेपाल, आज भुटानसँग भिड्दै

काठमाडौंमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । एन्फा मैदान सातदोबाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपाल र भुटान दुवै टिम पहिलो जितको खोजीमा छन् । नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० को हार बेहोरको थियो । यता भुटान भारतसँग ७–० ले स्तब्ध भएको थियो ।  

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणमा एकले अर्कासँग खेलेपछि शीर्ष २ टिमले उपाधि भिडन्त गर्नेछन् । नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार भारतसँग खेल्ने तालिका छ । 

यस्तै, मंगलबार भारत र बंगलादेश आमने-सामने हुँदा शुक्रबार बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।   
 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ८:१७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया