नेपाली महिला फुटबल टिमकी मिडफिल्डर प्रिती राईको घुँडाको शल्यक्रिया गरिएको छ । उनको बी एन्ड बी अस्पतालमा सोमबार शल्यक्रिया गरिएको हो ।
योसँगै प्रिती तीन महिना मैदान बाहिर रहनेछिन् । उनी गत बिहीबार वाफ वुमन्स च्याम्पियनसिपअन्तर्गत जोर्डनविरुद्धको फाइनलमा घाइते भएकी थिइन् । दोस्रो हाफमा घाइते भएकी १९ वर्षीय प्रितीले पूरा खेल खेल्न सकेकी थिइनन् ।
फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा पराजित हुँदा उपाधि जित्न वञ्चित भएको थियो । प्रितीले सेमिफाइनलमा लबनानविरुद्ध निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।