logo-img

प्रिती राईको घुँडाको शल्यक्रिया, तीन महिना मैदान बाहिर रहने
फाइल तस्बिर

नेपाली महिला फुटबल टिमकी मिडफिल्डर प्रिती राईको घुँडाको शल्यक्रिया गरिएको छ । उनको बी एन्ड बी अस्पतालमा सोमबार शल्यक्रिया गरिएको हो ।  

योसँगै प्रिती तीन महिना मैदान बाहिर रहनेछिन् । उनी गत बिहीबार वाफ वुमन्स च्याम्पियनसिपअन्तर्गत जोर्डनविरुद्धको फाइनलमा घाइते भएकी थिइन् । दोस्रो हाफमा घाइते भएकी १९ वर्षीय प्रितीले पूरा खेल खेल्न सकेकी थिइनन् ।  

फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा पराजित हुँदा उपाधि जित्न वञ्चित भएको थियो । प्रितीले सेमिफाइनलमा लबनानविरुद्ध निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी थिइन् ।    





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया