कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि प्रदेशस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । क्रिकेट संघ मोरङको आयोजनामा कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप हुने भएको हो ।
उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित विभागीय र प्रदेशस्तरीय गरेर १० वटा टिमको सहभागिता रहने जनाइएको छ ।
क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीका अनुसार विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहनेछ ।
उनका अनुसार दैनिक २ वटा खेलहरू हुने छन् । पहिलो खेल बिहान १० र दोस्रो दिउँसो २ बजेबाट हुने जनाइएको छ । विजेता टिमले ट्रफीसहित ५ लाख नगद पुरस्कार पाउने जानकारी उनले दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।