logo-img

टी–२० मा सर्वाधिक रन : दोस्रो स्थानका लागि रोहित-कुशलबीच कडा टक्कर

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।  

नेदरल्याण्ड्सले लिग चरणमा चारमध्ये दुईमा जित, एकमा हार तथा एक खेलमा अंक बाँड्यो । ऊ शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । यस्तै, नेपालले लिग चरणमा चारमध्ये दुईमा जित र दुई खेलमा हारको सामना गर्‍यो ।



नेपाललाई फाइनलसम्मको यात्रा गराउन टिम कप्तान रोहितकुमार पौडेलको भूमिका पनि महत्वपूर्ण छ । उनी जारी सिरिजमा नेपालका लागि सर्वाधिक रन बनाउने मामलामा पहिलो नम्बरमा छन् । 

उनले लिग चरणको चार खेलमा एक अर्धशतकको सहयोगमा १४८ रन बनाएका छन् । योसँगै रोहित नेपालका लागि टी–२० आईमा सर्वाधिक रन बनाउने सूचीमा संयुक्तरूपमा दोस्रो स्थानमा उक्लिएका छन् । अहिले उनी र कुशल भुर्तेल समान ९ सय २७ रनका साथ दोस्रो स्थानमा छन् । 

रोहितसामु मंगलबार ​कुशललाई पछि पार्ने मौका छ । पछिल्लो समय उच्च लयमा रहेकाले पनि रोहितले सो उपलब्धि हासिल गर्ने मौका रहेको हो । नेपालका लागि टी–२० आईमा सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा भने दीपेन्द्र सिंह ऐरी रहेका छन् । उनले हालसम्म ५० इनिङ्समा ८ अर्धशतक र एक शतकको सहयोगमा १ हजार ४७५ रन बनाएका छन् । 



ओडिआईमा भने दीपेन्द्र पाँचौं स्थानमा छन् । उनले यो प्रारूपमा ५३ इनिङ्समा तीन अर्धशतक र एक शतकको मद्दतमा ९ सय ९६ रन बनाएका छन् ।



ओडिआईमा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीको शीर्ष स्थानमा भने रोहित पौडेल रहेका छन् । उनले हालसम्म ५८ ओडिआई इनिङ्स खेल्दा ९ अर्धशतक र एक शतकसहित १ हजार ५८६ रन बनाएका छन् ।  

  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार ७:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया