logo-img

टी–२० सिरिज फाइनल : नेदरल्याण्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध  नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेलसाढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ । नेपालले आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।  

नेदरल्याण्ड्सले भने प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । उसले नोहा क्रस र आर्यन दत्तलाई विश्राम दिएर फ्रेद क्लासेन शारिज अहमदलाई मौका दिएको हो । 

नेपाल लगातार तेस्रो जित निकालेर सिरिज आफ्नो पक्षमा पार्ने योजानमा छ । नेपालले सिरिजको पहिलो र दोस्रो खेल गुमाए पनि पछिल्लो दुई खेल भने लगातार जित्यो । यता नेदरल्याण्ड्सले लिग चरणमा चारमध्ये दुईमा जित, एकमा हार तथा एक खेलमा अंक बाँड्यो ।  

हालसम्म नेपाल र नेदरल्याण्ड्सले हालसम्म ११ वटा टी–२० आईमा प्रतिस्पर्धा गरेका छन्, जसमा दुवै टिमले पाँच/पाँच खेल जितेका छन् । नेपाल र नेदरल्याण्ड्सबीचको एक खेल भने वर्षाका कारण रद्द भएको विगत छ । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकपिर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, प्रतिश जिसी र अविनाश बोहरा ।   





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया