logo-img

झापा गोल्डकपमा एपिएफ क्लबलाई ११ हजार जरिवाना

झापा गोल्ड कपमा आयोजक कमिटीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई कारवाही गरेको छ । सोमबारको खेलमा एपिएफले खेल अनुशासन उल्लंघन गरेको भन्दै गोल्डकप आयोजकले कारवाही गरेको हो ।  

सेमिफाइनलमा प्रवेश गरेको एपिएफले सोमबार भएको खेलमा जर्सीसम्बन्धी नियम उल्लङ्घन गरेको थियो । खेलाडीको नम्बर नभएका जर्सी भएका कारण सेतो टेप टाँसेर नम्बर बनाइएको थियो । टेप पनि बीचमा उक्किँदा केही समय खेल अवरुद्ध भएको थियो । 

एपिएफको त्यस गतिविधिको दर्शकबाट चर्को आलोचना भएको थियो । मंगलबार बसेको प्राविधिक कमिटी र गोल्डकप आयोजक समितिको बैठकले एपिएफले गोल्डकप आयोजनाको नियम १० बमोजिम खेलाडीको जर्सीको रङसम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरेको छ ।   

एपिएफमाथि गरेको कारबाहीको जानकारी अखिल नेपाल फुटबल संघलाई दिइएको छ । एपिएफलाई प्रतियोगिताको नियमावलीको दफा २३ (ख) बमोजिम कारवाही गरिएको हो ।   

एपिएफले आगामी दिनमा त्यस्तो गल्ती दोहरिन नदिने लिखित प्रतिबद्धता आयोजकसमक्ष गर्नुपर्ने निर्देशन दिइएको छ । त्यसैगरी ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको अध्यक्ष विनोद बस्नेतले जनाएका छन् । 





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया