logo-img

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई तेस्रो झड्का, अर्धशतक बनाउन चुके आसिफ

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध  नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमाएको हो । उनले आज ३७ बलमा तीन छक्का र एक चौकासहित ४७ रनको पारी खेले । आसिफ माइकल लेभिटको बलमा एल्बीडब्लू आउट भए । 

नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो । उनी पनि लेभिटको बलमा आउट भए । रोहितले आज १९ बलमा तीन चौका र एक छक्कासहित २५ रन बनाए । नेपालले पहिलो विकेट ३.३ ओभरमा कुशल भुर्तेललाई गुमायो ।  

उनी टिम भ्यान डर गुग्टेनको बलमा बोल्ड भए । कुशलले आज १० बलमा दुई छक्का र एक चौकासहित २० रनको पारी खेले । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ । 
 







  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार १२:३६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया