त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटको रूपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । उनी १४.३ ओभरमा एक रनमा आउट भए ।
ऐरीलाई टिम भ्यान डर गुग्टेनले एल्बीडब्लू धरापमा पारे । नेपालले तेस्रो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमायो । उनले आज ३७ बलमा तीन छक्का र एक चौकासहित ४७ रनको पारी खेले । आसिफ माइकल लेभिटको बलमा एल्बीडब्लू आउट भए ।
नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो । उनी पनि लेभिटको बलमा आउट भए । रोहितले आज १९ बलमा तीन चौका र एक छक्कासहित २५ रन बनाए । नेपालले पहिलो विकेट ३.३ ओभरमा कुशल भुर्तेललाई गुमायो ।
उनी टिम भ्यान डर गुग्टेनको बलमा बोल्ड भए । कुशलले आज १० बलमा दुई छक्का र एक चौकासहित २० रनको पारी खेले । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।