logo-img

नेदरल्याण्ड्सको तेस्रो विकेट पतन, अविनाशलाई पहिलो सफलता
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पाहुना टिम नेदरल्याण्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालाई तेस्रो सफलता अविनाश बोहराले दिलाए । उनले १५.२ ओभरमा विक्रमजित सिंहलाई २९ रनमा क्याच आउट गराए ।  

त्यसअघि नेपाललाई पहिलो र दोस्रो सफलता कुशल मल्लले दिलाए । उनले ८.१ ओभरमा म्याक्स ओदाउलाई २२ र ८.५ ओभरमा माइकल लेभिटलाई ५४ रनमा क्याच आउट गराए  ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका लागि आसिफ शेखले ३७ बलमा तीन छक्का र एक चौकासहित सर्वाधिक ४७ रन बनाए । 

यस्तै, गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहितकुमार पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे । नेदरल्याण्ड्सका लागि माइकल लेभिट, साइब्रान्ड एंगलब्रेच्ट, फ्रेद क्लासेन र टिमभानडर गुग्टेनले दुई/दुई विकेट लिए । 

नेपालले सिरिजको लिग चरणमा चारमध्ये दुईमा जित र दुई खेलमा हार बेहोरेको थियो । यता नेदरल्याण्ड्सले चारमध्ये दुईमा जित, एकमा हार तथा एक खेलमा अंक बाँड्यो ।

हालसम्म नेपाल र नेदरल्याण्ड्सले हालसम्म ११ वटा टी–२० आईमा प्रतिस्पर्धा गरेका छन्, जसमा दुवै टिमले पाँच/पाँच खेल जितेका छन् । नेपाल र नेदरल्याण्ड्सबीचको एक खेल भने वर्षाका कारण रद्द भएको विगत छ । 





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया