logo-img

नेदरल्याण्ड्सँग नेपाल ४ विकेटले पराजित, घरेलु मैदानमै जोगाउन सकेन सिरिज

नेपाल घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न चुकेको छ । मंगलबार भएको फाइनल खेलमा नेदरल्याण्ड्सँग ४ विकेटले पराजित भएसँगै नेपाल सिरिज जित्न चुकेको हो । नेपालले सिरिजमा फाइनलसहित पाँच खेल खेल्यो । जसमा तीनमा हार तथा दुई खेल मात्र जित्यो । 

पाहुना टिम नेदरल्याण्ड्सले भने पाँचमध्ये तीनमा जित, एकमा हार तथा एक खेलमा अंक बाँड्यो । फाइनलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । 

उसका लागि माइकल लेभिटले ५४, साइब्रान्ड एंगलब्रेच्टले ४८, विक्रमजित सिंहले २९ र टिम भ्यान डर गुग्टेनले अविजित २१ रन बनाए । नेपालका लागि कुशल मल्लले चार, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले एक/एक विकेट लिए ।  



त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका लागि आसिफ शेखले ३७ बलमा तीन छक्का र एक चौकासहित सर्वाधिक ४७ रन बनाए । 

यस्तै, गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहितकुमार पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे । नेदरल्याण्ड्सका लागि माइकल लेभिट, साइब्रान्ड एंगलब्रेच्ट, फ्रेद क्लासेन र टिमभानडर गुग्टेनले दुई/दुई विकेट लिए ।





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार १४:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया