जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । उससँग १५ सङ्घीय सांसद रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।